९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

Radio Khabar Palika

धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा पहिलो पटक विद्यार्थी गुणस्तर समिति गठन



९ जेठ धनकुटा । विद्यार्थी नेतृत्व विकास, अनुशासन, सिर्जनशीलता तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा विद्यालयको इतिहासमै पहिलो पटक विद्यार्थी गुणस्तर समिति (Student Quality Circle–SQC) गठन गरिएको छ। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूको सहभागितामै समिति घोषणा गरिएको हो। समितिको अध्यक्षमा कक्षा १० का विद्यार्थी अनुष्कृत पौडेल चयन भएका छन्।

कार्यक्रममा विद्यालयका संस्थापक राजन पौडेल ले विद्यार्थी गुणस्तर समिति गठन विद्यालयका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले विद्यालय केवल पाठ्यपुस्तकमा सीमित ज्ञान दिने स्थान नभई नेतृत्व क्षमता, जिम्मेवारी र सामाजिक चेतना विकास गर्ने केन्द्र पनि भएको उल्लेख गरे। उनका अनुसार एसक्यूसी गठनले विद्यार्थीलाई आफ्ना विचार प्रस्तुत गर्न, समस्या समाधान प्रक्रियामा सहभागी हुन तथा विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा योगदान गर्न प्रेरित गर्ने विदालयले जनाएकाे छ । त्यस्तै विद्यालयकी सञ्चालक सुमना तिम्सिना ले विद्यार्थीको सक्रिय सहभागिताबाट विद्यालय अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन्। उनले विद्यार्थीलाई निर्णय प्रक्रियासँग जोड्दा आत्मविश्वास, अनुशासन र उत्तरदायित्वको भावना विकास हुने बताउँदै यो समिति विद्यालयमा सकारात्मक परिवर्तनको आधार बन्न सक्ने धारणा राखिन्। कार्यक्रममा सहभागी एक अभिभावकले विद्यालयले पढाइसँगै नेतृत्व र व्यवहारिक शिक्षामा जोड दिएकोमा खुसी व्यक्त गरे।

उनले बालबालिकालाई सानैदेखि नेतृत्व गर्ने अवसर दिनु सकारात्मक अभ्यास भएको र यसले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नवनिर्वाचित अध्यक्ष अनुष्कृत पौडेल ले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए। उनले विद्यार्थीको आवाज विद्यालय प्रशासनसम्म पुर्‍याउने, अनुशासन र सरसफाइमा ध्यान दिने तथा सकारात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यालय प्रशासनका अनुसार आगामी दिनमा विद्यार्थी गुणस्तर समिति मार्फत विभिन्न रचनात्मक कार्यक्रम, सचेतनामूलक अभियान तथा विद्यार्थी केन्द्रित गतिविधि सञ्चालन गरिनेछ। विद्यालयमा पहिलो पटक गठन गरिएको यस समितिलाई विद्यार्थी नेतृत्व विकास र सहभागितामूलक शिक्षातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको कार्यक्रममा विद्यालयका संस्थापक राजन पौडेल ले विद्यार्थी गुणस्तर समिति गठन विद्यालयका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले विद्यालय केवल पाठ्यपुस्तकमा सीमित ज्ञान दिने स्थान नभई नेतृत्व क्षमता, जिम्मेवारी र सामाजिक चेतना विकास गर्ने केन्द्र पनि भएको उल्लेख गरे।

उनका अनुसार एसक्यूसी गठनले विद्यार्थीलाई आफ्ना विचार प्रस्तुत गर्न, समस्या समाधान प्रक्रियामा सहभागी हुन तथा विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा योगदान गर्न प्रेरित गर्ने विदालयले जनाएकाे छ । त्यस्तै विद्यालयकी सञ्चालक सुमना तिम्सिना ले विद्यार्थीको सक्रिय सहभागिताबाट विद्यालय अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन्। उनले विद्यार्थीलाई निर्णय प्रक्रियासँग जोड्दा आत्मविश्वास, अनुशासन र उत्तरदायित्वको भावना विकास हुने बताउँदै यो समिति विद्यालयमा सकारात्मक परिवर्तनको आधार बन्न सक्ने धारणा राखिन्। कार्यक्रममा सहभागी एक अभिभावकले विद्यालयले पढाइसँगै नेतृत्व र व्यवहारिक शिक्षामा जोड दिएकोमा खुसी व्यक्त गरे। उनले बालबालिकालाई सानैदेखि नेतृत्व गर्ने अवसर दिनु सकारात्मक अभ्यास भएको र यसले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नवनिर्वाचित अध्यक्ष अनुष्कृत पौडेल ले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए। उनले विद्यार्थीको आवाज विद्यालय प्रशासनसम्म पुर्‍याउने, अनुशासन र सरसफाइमा ध्यान दिने तथा सकारात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यालय प्रशासनका अनुसार आगामी दिनमा विद्यार्थी गुणस्तर समिति मार्फत विभिन्न रचनात्मक कार्यक्रम, सचेतनामूलक अभियान तथा विद्यार्थी केन्द्रित गतिविधि सञ्चालन गरिनेछ। विद्यालयमा पहिलो पटक गठन गरिएको यस समितिलाई विद्यार्थी नेतृत्व विकास र सहभागितामूलक शिक्षातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको कार्यक्रममा विद्यालयका संस्थापक राजन पौडेल ले विद्यार्थी गुणस्तर समिति गठन विद्यालयका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले विद्यालय केवल पाठ्यपुस्तकमा सीमित ज्ञान दिने स्थान नभई नेतृत्व क्षमता, जिम्मेवारी र सामाजिक चेतना विकास गर्ने केन्द्र पनि भएको उल्लेख गरे। उनका अनुसार एसक्यूसी गठनले विद्यार्थीलाई आफ्ना विचार प्रस्तुत गर्न, समस्या समाधान प्रक्रियामा सहभागी हुन तथा विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा योगदान गर्न प्रेरित गर्ने विद्यालयले जनाएकाे छ । त्यस्तै विद्यालयकी सञ्चालक सुमना तिम्सिना ले विद्यार्थीको सक्रिय सहभागिताबाट विद्यालय अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन्। उनले विद्यार्थीलाई निर्णय प्रक्रियासँग जोड्दा आत्मविश्वास, अनुशासन र उत्तरदायित्वको भावना विकास हुने बताउँदै यो समिति विद्यालयमा सकारात्मक परिवर्तनको आधार बन्न सक्ने धारणा राखिन्। कार्यक्रममा सहभागी एक अभिभावकले विद्यालयले पढाइसँगै नेतृत्व र व्यवहारिक शिक्षामा जोड दिएकोमा खुसी व्यक्त गरे। उनले बालबालिकालाई सानैदेखि नेतृत्व गर्ने अवसर दिनु सकारात्मक अभ्यास भएको र यसले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नवनिर्वाचित अध्यक्ष अनुष्कृत पौडेल ले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए। उनले विद्यार्थीको आवाज विद्यालय प्रशासनसम्म पुर्‍याउने, अनुशासन र सरसफाइमा ध्यान दिने तथा सकारात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यालय प्रशासनका अनुसार आगामी दिनमा विद्यार्थी गुणस्तर समिति मार्फत विभिन्न रचनात्मक कार्यक्रम, सचेतनामूलक अभियान तथा विद्यार्थी केन्द्रित गतिविधि सञ्चालन गरिनेछ। विद्यालयमा पहिलो पटक गठन गरिएको यस समितिलाई विद्यार्थी नेतृत्व विकास र सहभागितामूलक शिक्षातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको विद्यालयले जनाएकाे छ ।