२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

Radio Khabar Palika

शिक्षा सुधार अभियानअन्तर्गत २०० विद्यार्थीलाई स्कुल ब्याग वितरण



२ जेठ, धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं.२ ले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यले स्कुल ब्याग वितरण कार्यक्रम सञ्चालन गरेको छ।

वडाभित्र रहेका पाँच वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब २०० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको वडा कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८२।०८३ को वडा बजेटबाट सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने, विद्यार्थीहरूलाई पढाइप्रति प्रेरित गर्ने तथा अभिभावकमा आफ्ना बालबालिकाको शिक्षामा लगानी र चासो बढाउने उद्देश्य राखिएको वडा अध्यक्ष पदम रखाल ले जानकारी दिए। वडा अध्यक्ष रखालका अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधारसँगै विद्यार्थीको नियमित उपस्थिती, अध्ययनप्रतिको अभिरुचि तथा अभिभावकको सहभागिता बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यालयका शिक्षक तथा अभिभावकहरूले पनि यस कार्यक्रमले विद्यार्थीमा उत्साह थपिएको बताएका छन्।