
- गगन कुमार थापाले आगामी पाँच वर्ष स्पष्ट योजना र ठोस परिणाम दिने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता जनाउँदै विगतका कमजोरी स्वीकार गर्दै अब राष्ट्रलाई दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर अघि बढ्ने बताए।
- बौद्धिक पेशाकर्मी अभियान परिषदले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको प्रतिज्ञापत्रमा पाँच वर्षपछि देखिने परिणाममुखी योजना समेटिएको उल्लेख गर्दै कांग्रेसका एजेन्डा तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिए।
- नेपाली कांग्रेसले लोकतन्त्रलाई ‘हाइज्याक’ हुन नदिने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र सबै दललाई साथमा लिएर सुधार र देश निर्माणको नेतृत्व गर्ने दाबी उनले गरे।
६ फागुन, काठमाडौं । गगन कुमार थापा ले आगामी पाँच वर्ष राष्ट्र निर्माणको स्पष्ट योजनासहित अघि बढ्ने बताएका छन ।बौद्धिक पेशाकर्मी अभियान परिषदले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा पटक–पटक अवसर पाउँदा पनि त्यसको सदुपयोग गर्न नसकेको स्वीकार गरे। अबका पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीको प्रतिज्ञापत्रमा पाँच वर्षपछि देखिने ठोस परिणाम दिने योजनाहरू समेटिएको जानकारी दिए। इतिहासका विभिन्न घटनाबाट प्रेरणा लिँदै अहिलेका युवाले खोजेजस्तो देश बनाउने जिम्मेवारी कांग्रेसले लिन चाहेको उनको भनाइ थियो। नेपाली कांग्रेस सबैभन्दा पुरानो र देश बनाउन सक्षम पार्टी भएको उल्लेख गर्दै थापाले कांग्रेसका एजेन्डा तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिए। नेपाललाई अहिले सुधार आवश्यक रहेको भन्दै सुधारको ग्यारेन्टीसहित आफूहरू निर्वाचनमा होमिएको उनले बताए ।
देश निर्माणका लागि सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले त्यसको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे। लोकतन्त्रलाई ‘हाइज्याक’ हुन नदिने, प्रभावकारी सेवा प्रवाह (डेलिभरी)दिने र परिणाममुखी काम गर्ने क्षमतासहित कांग्रेस बदलिएर आएको पनि उनले उल्लेख गरे ।







