२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025

Radio Khabar Palika

विद्यालयका अध्यक्षहरुले बुझाए नगर प्रमुखलाई ज्ञापन पत्र



१७ बैशाख धनकुटा । शिक्षकहरुको आन्दोलनका कारण सामुदायीक विद्यालयमा अध्यायनरत विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै नगरभीत्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले ध्यानकर्षण गराएका छन ।
धनकुटा नगरपालिकाका ३९ वटा सामुदायीक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले नगर प्रमुख चिन्तन तामाङलाई विभिन्न माग राख्दै संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर ध्यानकर्षण गराएका हुन । उनीहरुले शिक्षा सेवालाई आधारभुत सेवा घोषणा गर्दै नियमित पठन पाठन सुनिश्चित गर्न,शिक्षक हरुको जायज मागको विषयमा सरकारलाई गम्भिर हुन, यथाशक्य सामुदायीक विद्यालय सञ्चालन गरेर विद्यार्थीहरुलाई सहज रुपमा पठन पाठनको वाताबरण सृर्जना गर्न लगायतका माग गरेका छन । ज्ञापन पत्र बुझाउदै गोकुण्डेश्वर बालमन्दिर विद्यालयका अध्यक्ष राजेन्द्र खडकाले विद्यालय दुईदिन भीत्र सञ्चालनमा नआए नगरपालिका घेराउ गर्न बाध्य हुने बताए । राष्ट्रिय अविभावक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले विद्यालय सञ्चालनमा सहजीकरण गरिदिन नगरप्रमुखलाई आग्रह गरे। ज्ञापन पत्र बुझ्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यथासक्य विद्यालय सञ्चालन गर्न नगरपालिकाबाट सहजीकरण गर्ने बताए । उहाँले शिक्षकका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने र शिक्षकहरुले पनि लचकता अपनाउनुपर्ने बताए ।