२३ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025

Radio Khabar Palika

चित्लाङ फुटबल क्लव काठमाण्डौलाई हराउदै विर्तामोड युनाईटेड झापा सेमिफाईनलमा



१९ चैत्र, धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कप फुटवल प्रतियोगितामा विर्तामोड युनाईडेड झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा स्थित तल्लो टुँडिखेलमा आज भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाण्डौलाइ ३ — १ गोल अन्तरले हराउँदै विर्तामोड युनाईडेड झापाले सेमिफाइनको यात्रा तय गरेको हो । झापाका खेलाडी अभिषेक गुरुङले ४४औ मिनेटमा गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै ५८ मिनेटमा विसाल भण्डारीले झापाका लागि अर्को एक गोल थपे । खेलको ६३ औ मिनेटमा झापाका लागि गिल्सन कन्दङवाले गोल गरे । ६३ औ मिनेटमा चित्लाङ फुटबल क्लव काठमाण्डौले सान्तवना गोल फर्काएको थियो । विदेशी खेलाडीहरुले सजिसजाऊ चित्लाङ फुटबल क्लव काठमाण्डौ झापाका झापाका अगाडी टिक्न सकेन । खेलको मेन अफ द म्याच विजेता टीमका गिल्सन कन्दङवा घोषीत भए ।

उनलाई खेलका प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राईले पुरस्कार प्रदान गरेका थिए । भोलिको खेल एपि एफ क्लब काठामण्डौ र बेलबारी फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । नेपाली काँग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उहाँकै सम्झनामा २०५५ सालमा वाट यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।