२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

Radio Khabar Palika

विश्रान्ति मन्दिरको साधारणसभा सम्पन्न, शिव महापुराणको लागि १६ लाख बढि रकम संकलन



६ माघ २०८१,धनकुटा । धनकुटाको मुलघाटमा अवस्थित विश्रान्ति मन्दिरको साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा मन्दिरमा आगामी फागुन ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने शिव महापुराणका लागि गठित उपसमितिका संयोजक तथा सहसंयोजकहरुले हालसम्म भएको तयारी तथा समितिले गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदा प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न साधारण सभामा शिवमहापुराणका लागि १६ लाख भन्दा बढि सहयोग संकलन भएको विश्रान्ती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्धन घिमिरेले जानकारीम दिनुभयो । शिवमहापुराणका लागि विमला श्रेष्ठ, नैना श्रेष्ठ, पार्वती श्रेष्ठ, मालती श्रेष्ठ र प्रभाकर श्रेष्ठले संयुक्त रुपमा ६ लाख २५ हजार रुपैया तथा लिलानाथ मिश्रले ५ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन । त्यस्तै शारदा श्रेष्ठले ५ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका मन्दिर व्यवस्थापन समितिका महासचिव घिमिरेले जानकारी दिए । विश्रान्ति मन्दिरमा आगामी फागुन ४ देखि १५ गतेसम्म धर्मको रक्षा गर्दै मन्दिरको विकासका लागि शिव पुराण ज्ञान महायज्ञ हुने भएको छ। फागुन महिना शिवरात्री पर्ने हुनाले शिवको महिमालाई उजागर गर्नका लागि शिव महापुराण ज्ञान महायज्ञ गर्न लागेको पुराण आयोजना प्रचार प्रसार उपसमितिका संयोजक विदुर खवासले जानकारी दिए । वैदिक सनातन धर्म र संस्कृतिको रक्षार्थ समस्त पितृ उद्धार, राष्ट्र कल्याण, वृदाश्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न ज्ञान महायज्ञ गर्न लागिएको हो।
सक्नेले एक मन, नसक्नेले एक झोला, त्यो पनि नसक्नेले एक गोजी र त्यो पनि नसक्नेले एक मुठि वा एक दाना सहयोग भन्ने अभियानका साथ महायज्ञ हुन लागेको संयोजक खवासले जानकारी दिए । ११ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा विद्धान पण्डित प्राध्यापक आचार्य दीपक पराजुली प्रमुख वाचक र आचार्य पण्डित सोमनाथ कोइरालाबाट पाठ परायण हुने बताइएको छ। यस्तै शिव महापुराणको उद्धाटन जगतगुरु अनन्त बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट हुने आयोजकले जनाएको छ ।