
२५ माघ २०८१,धनकुटा । धनकुटाको हिलेमा नेपाल किसान महासंघ गठन भएको छ । वडा नं. १ को वडा अधिवेशनबाट राजन कोईराला नेपाल किसान महासंघ वडा न. १ को अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षद्धयमा प्रेम कार्की,पूर्ण सिंह तामाङ,सचिवमा नगेन्द्र बुढाथोकी र सदस्यहरुमा आशा विक,यसोदा आले,बिक्रम तितुङ,तोर्ण घिमिरे,,चोलेन्द्र ठकुरी र रंजना विक चयन भएका छन । नेपाली कांग्रेस वडा नं. १ का वडा सभापती विर वहादुर तितुङको संयोजनमा सम्पन्न भएको उक्त वडा अधिवेशनको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई र नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष दिल कुमार राईले संयुक्त रुपमा उद्घाटन गर्दै अव मुलुकलाई कृषिबाट मात्र समृद्धी बनाउन सकिने भएकोले यस अभियानको नेतृत्व किसान महासंघले गर्ने बताए ।
कार्यक्रमा नेपाली कांग्रेस धनकुटाका सहसचिव श्रीराम रायमाझी,कोषाध्यक्ष सरस्वती मगर,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापती तथा नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङ, सदस्य याम वस्नेत, नेपाल भूत पूर्व संैनिक संघ धनकुटाका जिल्ला सचिव लोक वहादुर मादेन ,नेपाली कांग्रेस धनकुटा नगरका १ नम्वर वडा उपसभापति नरहरी तामाङ,सचिव फुर्वा तामाङ,नेपाल महिला संघका वडा अध्यक्ष अन्जु तामाङ लगायतको उपस्थिती रहेको थियो । उक्त अबसरमा नेपाली काग्रेस वडा कार्यालमा पार्टीको बोर्ड राख्ने र झण्डोतोलन कार्यक्रम समेत सम्पन्न गरीएको जनाइएको छ ।