१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

महालक्ष्मी कपको उपाधि गला इन्टरनशनललाई



२१ माघ २०८१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ७ जीतपुरमा सम्पन्न महालक्ष्मी कपको उपाधि गला इन्टरनशनले उचालेको छ । वसन्त पञ्चमीको अवसरमा धनकुटाको जीतपुरमा आयोजना खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि ग्लोवल युवा क्लबलाइ हराउदै गला इन्टरनशनले उचाल्न सफल भएको हो । सोमबार भएको फाइनल खेलमा गलाले ग्लोवललाई ३–२ सेटले हराउदै उपाधि उचालेको छ । बिजेता टोलीले उपाधि सहित दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ हात पारेको छ। त्यस्तै उपबिजेता टोलिले एक लाख एक एघार हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ। श्रीपञ्चमीको अवसरमा महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ गतेवाट सुरु भएको सो प्रतियोगीतामा देशका विभिन्न नौ क्लबको सहभागीता रहेको आयोजक संस्थाका अध्यक्ष नरेन तुम्बाले जानकारी दिए।
प्रतियोगिता महालक्ष्मी नगरपालिका र जिल्ला भलिबल संघलगायत विभिन्न संघसस्थाले सहयोग गरेका थिए। प्रतियोगीतामा पुरस्कार वितरण गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले नगरपालिकाको मात्र नभई जिल्लाकै भलिबल तर्फको खेलकुद गतिविधि बढाउन तथा स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगिताको सहयोगी बनेको बताए।