
२२ माघ २०८१,धनकुटा। प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन भएका छन ।चौतारीको १० औं अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै समितिको उपाध्यक्षमा विश्वराज श्रेष्ठ, उपाध्यक्ष महिलामा कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सहसचिव खुल्ला तर्फ कल्पना तामांग, सहसचिव समावेसी तर्फ सष्टिका राई र कोषाध्यक्षमा प्रज्वल कट्टेल चयन भएका छन । त्यस्तै सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी,निशा थापा, तुलसा पौडेल, धनकुमारी राई,जनु तामांग, अनिसा रुचाल चयन भएको नवनिर्वाचित अध्यक्ष नारायण कुमार राईले जानकारी दिए । त्यस्तै केन्द्रिय प्रतिनिधिमा रमेशचन्द्र अधिकारी, भेषराज कट्टेल र गोमा ढुडगाना चयन हुंदा प्रदेश प्रतिनिधिमा रविन कट्टेल, रुपा वनेम र भिम मल्ल भएका छन् ।