२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

Radio Khabar Palika

प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन



२२ माघ २०८१,धनकुटा। प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन भएका छन ।चौतारीको १० औं अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै समितिको उपाध्यक्षमा विश्वराज श्रेष्ठ, उपाध्यक्ष महिलामा कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सहसचिव खुल्ला तर्फ कल्पना तामांग, सहसचिव समावेसी तर्फ सष्टिका राई र कोषाध्यक्षमा प्रज्वल कट्टेल चयन भएका छन । त्यस्तै सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी,निशा थापा, तुलसा पौडेल, धनकुमारी राई,जनु तामांग, अनिसा रुचाल चयन भएको नवनिर्वाचित अध्यक्ष नारायण कुमार राईले जानकारी दिए । त्यस्तै केन्द्रिय प्रतिनिधिमा रमेशचन्द्र अधिकारी, भेषराज कट्टेल र गोमा ढुडगाना चयन हुंदा प्रदेश प्रतिनिधिमा रविन कट्टेल, रुपा वनेम र भिम मल्ल भएका छन् ।