२३ पुस,धनकुटा, । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन कोशी प्रदेशको अध्यक्षमा छिरिङ लामा चयन भएका छन । संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा लामा निर्वाचित भएका हुन । साथै लामाको नेतृत्वमा रहेको ३० सदस्यीय कार्यसमितिमा चयन भएको छ। समितिको निवर्तमान अध्यक्षमा श्री किशोर शेर्पा रहेका छन । यस्तै कार्यसमितिमा चार जना उपाध्यक्षहरु रहेका छन्। जसमा सिताराम तामाङ, रविन तामाङ, मनोज राई र उमेशचन्द्र राई निर्वाचित भएका छन । त्यसैगरी महासचिवमा संजोग राई र कोषाध्यक्षमा विन्देश चौधरी चयन भएको नवनिवार्चित समितीका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष लामाले निर्माण व्यवसायीहरुको हित र संगठनको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन । उनले संगठनलाई थप सफल र प्रभावकारी बनाउन सबै पदाधिकारी र सदस्यहरुसँग सहकार्य गर्ने बताए । निर्माण क्षेत्रको विकास र व्यवसायीहरुको हित प्रवद्र्धनका लागि विशेष कार्ययोजना अगाडि बढाउने उनले जानकारी गराए ।
२३ पुस २०८१, मंगलबार
728
Shares