१५ पौष,धनकुटा । पौष कृष्ण अमावश्य अर्थात पौखे औंसीको अबसरमा आज धनकुटाको मुलघाटमा रहेको बिश्रान्तीधाममा पितृउद्धारका लागि सामुहिक तर्पण श्राद्ध गरिएको छ । बिहानै दिवगंत आमाबाबुको संझनामा परिवारका सदस्यहरुले तमोर नदीमा नुहाएर बिश्रान्तीमा रहेको पितृस्मृती उद्यानमा सामुहिक तर्पण श्राद्ध गरेका हुन् ।
सोमबार पनि परेकाले आजका दिन गरिएका सम्पूर्ण पितृकर्महरु र तीर्थश्राद्धले पितृमोक्ष प्राप्ती हुने विश्वास छ । तर्पण तथा समुहिक जल अर्पणका लागि आउाने ज्येष्ठ नागरिकलाई बिश्रान्ति मन्दिर ब्यबस्थापन समितिले निशुल्क यातायात र खानाको ब्यबस्था मिलाएको विश्रान्ती मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नाधन घिमिरेले जानकारी दिनुभयो ।