
२७ भदौ,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनियताको सपथ सहित पदभार ग्रहण गरेका छन् । गत भदौ ६ गते सम्पन्न संघको निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले शनिबार एक समारोह बीच निर्वाचन आयुक्त विकास प्रधानले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । शपथ तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वार्चित अध्यक्ष श्रीराम रायमाझीले निर्वाचन सकिएसँगै संघका पक्ष विपक्षको विवाद समाप्त भएको बताए । उनले आफ्नो नेतृत्वको टिम व्यवसायिक प्रतिनिधि भएको उल्लेख गर्दै संघले अव उद्योगी, ब्यवसायीका समस्या समाधानका लागि केन्द्रित भएर काम गर्ने बताए ।
नव निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ निवर्तमान अध्यक्ष विजय सन्तोषी राई र निर्वाचन आयुक्त विकास प्रधानले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रमुख तामाङले खुल्ला बजार अर्थतन्त्रमा उद्योगी व्यवसायीेको महत्वप्रर्ण भूमिका हुने बताए । उनले व्यवसायीको कर नै राज्यको ठूलो आम्दानी भएकाले व्यवसायीको पक्षमा काम गर्न तयार रहेको बताए।
यही भदौं ६ गते सम्पन्न भएको संघको निर्वाचनबाट अध्यक्षमा श्रीराम रायमाझी निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा रिदम श्रेष्ठ र सरस्वती मगर, महिला उपाध्यक्षमा रेजिना पलिखे, महासचिवमा उज्ज्वल कर्मचार्य, सचिवमा उर्गेन शाक्य, कोषाध्यक्षमा रुपेश श्रेष्ठ, निर्वाचित भएका थिए । यस्तै सदस्यहरूमा निरोज श्रेष्ठ, देवेन्द्र प्रधान, मुनादेवी पोखरेल, शिशिर श्रेष्ठ ,शिवपूजन शाह , राजु प्रधान, देवेन्द्र प्रधान , लिजा श्रेष्ठ , गंगा गुरुङ, तुमराज लिम्बु र सफलमान राई निर्वाचित भएका थिए ।


