
मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाको अध्यक्षमा ईश्वरी श्रेष्ठ चयन हुनुभएको छ ।
बैवाहिक स्थितीको आधारमा विभेद नगरौ भन्ने नाराका साथ आज हिलेमा सम्पन्न ८ औ साधारण सभा तथा अधिवेशनबाट उहाँलाइ अध्यक्षमा पुनःचयन गरेको हो ।समूहको उपाध्यक्षमा तुलसा दाहाल,सचिवमा पेमा लामा, सहसचिवमा मेनुका श्रेष्ठ र कोषाध्यक्षमा निलम आठपहरिया रहेका छन् ।

अन्य सदस्यहरुमा तिलरुपा थापा, मिना राई,कान्छी शेर्पा,संगिता लिम्बू,कुमारी गुरुङ,हिरा थापा लगायत रहेका छन् ।
सभामा बोल्दै संस्थाका कोशी प्रदेश अध्यक्ष तथा सभाका विशेष अतिथि मिना तुम्बा राईले संस्थाले अहिले सम्म गरेका कामहरुको विषयमा जानकारी गराउनु भएको थियो । प्रदेश अध्यक्ष राईका अनुसार यो संस्थाले अहिलेसम्म एकल महिलाहरुको हक अधिकारका लागि आवाज उठाउदै उनिहरुलाई अवलोकन भ्रमण लाने, क्षमता विकासका तालिमहरु दिने, च्याउखेती तालिम, लेखा सम्बन्धि तालिम, अस्पतालका विरामीहरुलाई पौष्टिक आहार वितरण, एकल महिलाका नानीहरुलाई छात्रा वृती वितरण गर्ने जस्ता कामहरु गर्दै आएको छ । सभामा संस्थाका निवर्तमान अध्यक्ष श्रेष्ठले सांगाठनिक प्रतिवेदन र कोषाध्यक्ष निलम आठपहरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नव गठित समूहमा केही पालिकाबाट पदाधिकारी एवं सदस्य थप गर्न बाँकी छ ।







