३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

कर दिवसमा धनकुटाको हिलेमा प्रभात फेरी र अन्र्तक्रीया



धनकुटा । कर दिवसको अवसरमा शनिवार धनकुटाको हिलेमा प्रभात फेरी र अन्र्तक्रीया कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय धनकुटाको आयोजना,मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेको समन्वय तथा व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले करले मुलुकलाई समृद्धी बनाउने बताए । प्रमुख जिल्ला अधिकारी पोखरेलले कर प्रणाली सरल र बैज्ञानिक हुनु पर्नेमा जोड दिए । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले दोहोरो र तेहोरो कर प्रणालीलाई हटाउनु पर्ने र व्यावसायीमैत्री कर हुनु पर्नेमा जोड दिनु भयो ।


धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष ओङ्दा तामाङ,हिले बजार व्यवस्थापन समितिका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ ,धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट,नेपाल निर्माण व्यावसायी संघ धनकुटका वरिष्ठ उपाध्यक्ष यज्ञ राई ,मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेका अध्यक्ष दिजेश शाक्य,लगायतले शुभ कामना व्यक्त गरेका थिए । करदाता सेवा कार्यालय धनकुटाका प्रमुख सुर्दशन अधिकारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।