३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

ध्वजे डाँडा पर्यटकहरुको मुख्य आकर्षकको केन्द्र बन्दै




धनकुटाको छथर जोरपाटी गाउँपालिका दुईमा रहेको ध्वजे डाँडा पर्यटकहरुको मुख्य आकर्षकको केन्द्रको रुपमा विकास भईरहेको छ । केहि बर्ष अघि सम्म चिहाने डाँडाको रुपमा परिचय पाएको यो डाँडा अहिले भने ध्वजे डाँडा पर्यटकिय स्थलको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए । पर्यटकलाई लक्षित गरि पुर्बाधार निर्माणको काम तिब्र पारिए संगै यो डाडा पर्यटकहरुको मुख्य आकर्षक स्थानको रुपमा परिणत भएको अध्यक्ष सुब्बाले जानकारी दिए ।
तिन बर्ष अघिवाट पूर्वाधार निमार्ण सुरु भएको यो स्थानमा हालसम्म एक करोड भन्दा बढि खर्च भईसकेको छ । कोशी राजमार्ग वाट डाँडा सम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बु जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झण्डा, लभस्टेसन निर्माण गरिएको छ । सोहि स्थानमा पानी संरक्षण अभियान अन्तरगत ईसिमोडले एक डाले पोखरी निर्माण गरिदिएको छ । त्यस्तै डिभिजन वन कार्यलयले समेत यो स्थानमा रिचार्ज पोखरी निर्माणको तयारी गरेको अध्यक्ष सुब्बाले जानकारी दिए । ध्वजे डाँडालाई छथर जोरपाटी गाँउपालिकाको मुख्य पर्यटकिय गन्तब्य बनाउन संघ र प्रदेश सरकार सहित विभिन्न दाताहरुको सहयोगमा पालिका भित्रका सबै जातजातीको पहिचान झल्कने गरिका थप स्तम्भ निर्माण गरिने पनि उनको भनाई छ । करीब २ हजार ३ सय मिटरको उचाईमा रहेको यो डाँडावाट सुर्योदय र सुर्यस्तको सहित बिभिन्न मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।