३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा धनकुाटमा पनि मनाईयो




३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मंगलवार धनकुटामा विविध कार्यक्रम आयोजना गरिएको छ ।
जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको आयोजनामा धनकुटामा विविध कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको भवन निर्माण गर्ने क्रममा सहयोग पु¥याउने सरकारी कार्यालय, सामाजिक संघसंस्था, व्यक्तिहरुलाई दोसल्ला ओडाएर सम्मान गरिनुको साथै, प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले दोसल्ला ओडाएर प्रमाणपत्रले सम्मान गरेका हुन् । सो अवसरमा जेष्ठ नागरिक संघ धनकुटाको भवन निर्माणको लागि आर्थिक, भौतिक सहयोग उपलव्ध गराउने संघ, संस्था, कार्यालय र सहयोगी महानुभावहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी श्यामसिं थारुले जेष्ठ नागरिकहरुको संविधान प्रद्धत अधिकार, सेवा, सुविधा आदिका वारेमा जानकारी गराएका थिए । सो अवसरमा उनले जेष्ठ नागरिकहरु माथि कोही कसैले मानविय अपराध गरेको खण्डमा अपराध हेरी वढीमा ५ वर्षसम्म कैद तथा सँजाय हुने कानुनी व्यवस्था रहेको स्पष्ट पारेका थिए । साथै, सार्वजानिक सेवा, सुविधाहरु जेष्ठ नागरिकहरुको लागि पहिलो प्राथमिकतामा पर्ने पनि प्रहरी प्रमुख चौधरीले सो अवसरमा जानकारी दिएका थिए ।
जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उप–प्रमुख भीमा देवी खनाल, विश्रान्ती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे, नागरिक समाजका अगुवा सुन्दरवावु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका सचिव भागवत श्रेष्ठले गरेका थिए ।