धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा १०० दिने विशेष अभियान अन्र्तगत शुभ दिपावली,नेपाल सम्वत,छड,मंसिरे पूर्णिमा चाड,चासोक तङनाम,पापनी वाढाङमी,उद्यौलीपर्व,इद,ल्होसार लगायत सवै चाडपर्वको अवसरमा शुभ कामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सवै चाडपर्वको शुभ कामना व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि यूवा नेता डा. डिला संग्रोलाले मुलुकको विद्धमान संकट मोचन गर्न नेपाली कांग्रेसले मात्र सक्ने वताउनु भयो । उहाँले नेपाली कांग्रेसलाई सवैले विश्वास र भरोसा गरेको वताउनु भयो ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोरग जिल्लाका सभापति डिक वहादुर लिम्बुले शुभ कामना व्यक्त गर्दै १०० दिने विशेष अभियानले धनकुटा कांग्रेसलाई बलियो बनाएर सवै तहको निर्वाचन जित्न सक्ने बनाउने वताउनु भयो । संविधान सभा सदस्यहरु लिला सुब्बा,उषा गुरुङ्क,पाख्रिवास नगरपालिका प्रमुख ज्ञान वहादुर गुरुङ्क,नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सदस्य केवलमाान गुरुङ्गले कांग्रेसलाई रुपान्तरण गरेर नयाँ ढंगबाट अगाडी बढाउने पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई शुभ कामना व्यक्त गर्दै १००दिने विशेष अभियानका वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि,जिल्ला पदाधिकारीहरु तथा सदस्यहरु,पालिका प्रमुखहरु,क्षेत्रिय,पालिका,वडा सभापतिहरु,पदाधिकारी तथा सदस्यहरु भातृृ तथा शुभेच्छुक संस्थाका केन्द्रका सदस्यहरु,जिल्ला अध्यक्षहरु,पदाधिकारीहरु,विभिन्न वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु र निर्वाचित वडा सदस्यहरु,संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।