

सन्तवीर लामा
पृष्ठभूमि ः
दुई वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा पैसा कमाउन मलेशिया पुगेका धनकुटा नगरपालिका वडा नं.१० डुम्रेसान्नेका बिनेश दाहाल हिजोआज च्याउ खेतीमा लागेका छन् । उनी ०७९ सालमा वैदेशिक रोजगारीको लागि मेलेशिया पुगेका थिए । मलेशियामा उनी १४ महिनासम्म बसे । मलेशियामा बस्दा उदयपुर रामपुरका किरण आचार्य र विदुर दाहाललाई भेटे । उनीहरुसंग त्याहाँ बस्दा च्याउ खेतीको बारेमा राम्रोसंग वुझ्न पाए । रामपुरका किरण र विदुरले च्याउ खेती गर्ने तरिकाको बारेमा राम्रोसंग उनीलाई त्यो बेला सिकाई दिए । मलेशियामा बस्दा उनी ‘माई ब्रस, माई टिथ कम्पनि’ मा काम गर्थे । त्यहाँ भने जस्तो आम्दामी नभएपछि उनी नेपाल फर्किए । यो भन्दा पहिले पनि उनी ९ वर्षसम्म मलेशियामा नै रोजगारीको शिलशिलामा बसेका थिए । तर,पछिल्लो पटक भने घरबाट ऋण गरेर काडेर गएको पैसा छिनाएर किरण र विदुरको च्याउ खेती गर्ने पे्ररणाले उनी ०८० साल मंसिरमा नेपाल फर्किएका थिए । नेपाल आए लगत्तै उदयपुरको रामपुरमा गए । रामपुरमा विदुर र किरणको घरमा भइरहेको च्याउ खेती गर्ने तरिका राम्रोसंग सिके । त्यसपछि ०८० साल पुष देखि च्याउ खेती गर्ने टनेलहरु बनाएर फागुण देखि व्यवसायिक रुपमा च्याउ खेतीमा लागेका हुन् ।
लक्ष्य÷उदेश्य ः आर्थिक उपार्जनको लागि विदेश जान नपरोस भन्ने उदेश्य राखेर बिनेशले च्याउ उद्योग खोलेका हुन् । उद्योग खोलिसकेपछि आफूलाई मात्र नभएर अरुलाई पनि रोजगारी उन्मुख होस भनेर व्यवसायिक च्याउ खेतीमा उनी लागेका हुन् । उनी भन्छन्–‘जुनसुकै उद्योग व्यवसाय गर्दा एक्लै सम्भव हुँदैन, आफू र अन्य साथीभाईलाई पनि रोजगारी दिने लक्ष्य र उदेश्यका साथ यो व्यवसायमा लागेको छु ।’ डिवि एग्रीकल्चर फार्मलाई प्रदेश भरीकै राम्रो च्याउ उत्पादन गर्ने फार्मको रुपमा स्थापित गरेर धनकुाटमा नाम र दाम कमाउने उनको लक्ष्य रहेको छ ।
शुरुवाती संघर्ष ः च्याउ खेतीको बारेमा शुरुमा बिनेशलाई केहि जानकारी थिएन । रोजगारीको शिलशिलामा प्रभासी भूमि मलेशियामा रहँदा सुनेको भरमा च्याउ खेती गर्ने भनेर उनी हौसिए । उनले नेपाल फर्किर च्याउ खेती त गर्ने सोंच बनाए तर, पुँजी थिएन । आर्थिक अवस्था ज्यादै कमजोर थियो । कोरोना पछि आर्थिक मन्दि भयो, मलेशियामा १४ महिना काम गरेर घर फर्किदा एक पैसा बचाउन सकेन्न ।
उनले घर फर्किएपछि शुरुमा धनकुटा न�

