मंसिर २८,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित जितपुरमा १ हजार ५ सयभन्दा बढी स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ। निजामती कर्मचारी अस्पताल, काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।शिविरमार्फत नगरभित्रका करिब १,५०० भन्दा बढी नागरिकको विभिन्न…