२४ फागुन , धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ। कुल सदरमतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जोगिन सकेन। निर्वाचन आयोगको प्रावधानअनुसार उम्मेदवारले जमानत जोगाउन कुल सदरमतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ। धनकुटामा खसेको कुल ५९ हजार २०८ सदर मतका आधारमा…