धनकुटा, मंसिर १० । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको छ । धनकुटाका सरोकारवालाहरूको उपस्थितिमा प्रभातफेरीले नगरका विभिन्न स्थानहरूको परिक्रमा गरी मदनचोकमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवब प्रदेश सांसद निरन राईले लैङ्गिकहिंसा उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन। उनले महिलाहरूले भोग्नुपरेका…