७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

धनकुटाको हिलेमा सोनाम ल्होसारको अवसरमा भब्य कार्यक्रम



१७ माघ २०८१,धनकुटा । धनकुटाको हिलेमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाइएको छ । सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटाले स्थानिय तामाङ समुदायका साथै विभिन्न जातजाति तथा धर्मावलम्बीहरूको उत्साहजनक सहभागितामा सोनाम ल्होसार मनाएको हो ।
कार्यक्रममा परम्परागत तामाङ सेलो, ढोल–झ्याली नृत्य, तथा संस्कृति झल्किने अन्य विभिन्न प्रस्तुतिहरू राखिएका थिए। स्थानीय कलाकारहरूसँगै आम नागरिकले पनि उत्साहपूर्वक नाचगान गरी नयाँ वर्षको स्वागत गरे । सो अवसरमा वक्ताहरूले तामाङ समुदायको भाषा, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै यस्तो पर्वले सामाजिक एकता र सद्भाव बढाउने उल्लेख गरे। कार्यक्रममा सहभागीहरूले नयाँ वर्षलाई उत्साहपूर्वक मनाउँदै आपसी मेलमिलाप र भाइचाराको सन्देश फैलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।


सोनाम ल्होसार तामाङ समुदायको प्रमुख पर्व हो, जसलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाइन्छ। यो पर्व मञ्जुश्री पात्रोअनुसार वर्ष परिवर्तनको अवसरमा मनाइने गरिन्छ। हिलेमा मनाइएको सोनाम ल्होसारले स्थानीय पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याएको प्रदेश नं १ फोनिजका निवर्तमान अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।