३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

अविरल वर्षाका कारण ज्यान गुमाउने खेलाडीको सम्मानमा दीप प्रज्वलन



अविरल वर्षाका कारण ज्यान गुमाउने खेलाडीको सम्झनामा दीप प्रज्वलन


धनकुटा जिल्ला खेलकुद विकास समितिले हालै देशमा भएको अविरल वर्षाका कारण ज्यान गुमाउने ६ जना खेलाडीहरु सहित सबै मृतकको सम्मानमा दीप प्रज्वलन गरेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण मकवानपुर एनफा एकेडेमीमा अध्ययनरत ६ जना खेलाडि सहित करिब २ सय जनाले ज्यान गुमाएको र दर्जनौ बेपता भएका छन। जिल्ला खेलकुद विकास समितिले सोमबार साँझ मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेको हो। समितिले कार्यालय परिषर धनकुटाको तल्ला टुँडिखेलमा दीप प्रज्वलन गरेका हुन्।


कार्यक्रम मकवानपुरको सिस्नेरीमा भएको बाढीमा परी दिवंगत हुनु भएका व्यक्तिहरुको सम्झनामा गरिएको छ। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले देशमा आइपर्ने समस्या समाधानमा सरकार चुकेको भन्दै सबैको हातेमालोमा विपदको सामना गर्नुपर्ने बताए । उनले आगामी दिनमा यस्ता विपदमा धनजनको क्षति हुन नदिन सबैको साथ सहयोग आवश्यक पर्ने भएकाले खेलकुद विकास समिति सकेको सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा विभिन्न बिधाका खेलाडि तथा पूर्व खेलाडि र प्रशिक्षकको सहभागिता रहेको थियो।