धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड मनाउन व्यस्त छन् । कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबार देखि नयाँ वाली भित्राएको खुशीयालीमा खाल्सा क्षेत्रमा पापानी मनाउने गरीएको छ । चाड सुरु भएपछि मुन्धुम विद्ले बुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पुजा गर्दै निरन्तर ६ दिन ६ रात सम्म नाचगान गरी पापानी मनाउने गरीएको छ । आफ्नो मनोकामना पुराहोस् भनेर एक जोडी परेवा उडाएर खुढाहाङलाइ सम्झने गरीएको स्थानीयले बताएका छन ।
पापानी पर्वमा किराँत राईहरुले कुलदेवता बुढाहाङको पुजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउदै लहरै नाच्ने गर्दछन । यो नाच एक अर्को सँग कुम जोडेर वाजाको ताल अनुसार तिन पाइला अघि र तिन पाइला पछि सरी नाचिन्छ । यो पर्व कुल देवता र पितृको पुजा गर्दै मनाउने चलन रहेको सहिदभुमी गाँउपालिका ६ आँखिसल्लाका डिल्लीराज राईले जानकारी दिनुभयो । “अरुजातीले जसरी आफ्नो बिधि अनुसार कुल पित्रृ सम्झेर आआफ्नो बिधि अनुसार पुजाआजा गर्छन त्यस्तै हाम्रो पनि नयाँ वालि भित्राएपछि आफ्नो बिधि अनुसार पुजाआजा गछौ” राईले बताए ।
सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ । सोही मेलामा पापानी नाच्ने र गाउने परम्परा छ । बिभिन्न स्थानमा बसोबास गर्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका ब्याक्तिले यो चाड मनाउने गरेका छन् । त्यस्तै खाल्सा क्षेत्रमा बसोबास गर्ने वान्तवा राईहरुले समेत यो पर्व धुमधामसग मनाउछन् तर खाल्सा बाहेक अन्य क्षेत्रमा बसोवास गर्ने अन्य राइहरुले यो पर्ब मनाउदैनन् । पछिल्लो समय यो पापानी नाच लोप हुने क्रममा रहेको स्थानिय नरेन्द्र राई ‘कस्चीत‘ ले जानकारी दिए । “पापानी मनाउन पुराना पुस्ता नै चाहिने र नयाँ गाउँमा नबस्दा परम्परा लोप हुन लागेको छ” राई भन्छन । अहिले मुन्धुम गाउने विजुवा भेटिन छाडेको छ नयाँ पुस्ताले ध्यान दिन छाडेका कारण समस्या बढेको उनको तर्क छ ।
सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ । यहाँको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ । बसोबास रहेका मध्ये करीव ५० प्रतिशत राइहरुले यो पर्ब मनाउछन् । पछिल्लो समय यो पर्ब र स्थानिय मेला वाहिरवाट अबलोकनको लागी आउने ब्याक्तिहरुको संख्या बर्षेनी बढ्दो छ । तर यहि पर्व मनाउने तथा पापानी नाच्नेहरुको संख्या भने बर्षेनी घट्दो छ । स्थानिय मौलिकता कला संकृती जागाउनु अहिलेको समयको माग भएकाले यो संरक्षण तर्फ सबैले ध्यान दिनुपर्ने स्थानियको माग छ ।