५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

Radio Khabar Palika

राजयोगिनी दादी प्रकाशमणि ज्युको पुण्यतिथिमा धनकुटामा रक्तदान महाअभियान



५ भदौ,धनकुटा । राजयोगिनी दादी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसरमा धनकुटामा रक्तदान महाअभियान सम्पन्न भएको छ ।
ब्रह्माकुमारी राजयोग केन्द्र धनकुटा समाज सेवा प्रभागको आयोजनामा आज (भदौ ५ गते) ‘विश्व बन्धुत्व’ तथा रक्तदान महाअभियान आयोजना गरिएको हो । जिल्ला अस्पताल धनकुटामा भएको रक्तदान महाअभियानमा ५९ जनाले रक्तदान गरेको आयोजक जनाएको छ ।

रक्तदानमार्फत मानव सेवा र विश्व बन्धुत्वको भावना प्रवर्द्धन गर्ने उद्देश्यले अभियान आयोजना गरिएको आयोजकको भनाई छ । अभियानमा विभिन्न सामाजिक तथा शैक्षिक संस्थाले सहकार्य गरेका छन्। कार्यक्रममा दुर्गालक्ष्मी परोपकार सस्थधनकुटा, कृषि पर्यटन प्रबद्र्धनमा महिला अभियान धनकुटा, दीप इङ्लिस आवासीय मा.वि.धनकुटा–६ तथा नेपाल रेडक्रस सोसाइटी धनकुटा लगायत संस्थाको सहयोग रहेको छ। ब्रह्माकुमारी संस्थाले दादी प्रकाशमणिको पुण्यस्मृति तथा विश्व बन्धुत्व दिवसका अवसरमा हरेक वर्ष रक्तदान लगायत सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिलाई स्वेच्छिक रक्तदानका लागि प्रेरित गर्ने अभियानको उद्देश्य रहेको ब्रह्माकुमारी राजयोग केन्द्र धनकुटाकी निर्मला ढकालले जानकारी दिईन ।