३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

Radio Khabar Palika

धनकुटा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा ३७ जनाको उम्मेदवारी



३० साउन,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा ३७ जनाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिले शनिबार उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो। संघको अध्यक्ष पदका लागि कृष्णराज श्रेष्ठ, मनकुमारी तितुङ (तारा) र रामबहादुर राया गरी तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठ हिमालयन ट्रेडर्स, तितुङ न्युस्टार सिलाई तथा कस्मेटिक र राया रायमाझी अटो वर्कसपसँग आबद्ध छन्। वरिष्ठ उपाध्यक्ष पदमा अम्बीकादेवी धमला र विक्रम प्रधानबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षका दुई पदका लागि विष्णुमाया कन्दङवा राई, नगेन्द्रप्रसाद काफ्ले, रिदम श्रेष्ठ, सरस्वती मगर र सुनिता पौडेल गरी पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, उपाध्यक्ष महिला पदमा निर्मला राई (श्रेष्ठ) र रेजिना पालिखे उम्मेदवार बनेका छन्। महासचिव पदमा उज्वल कर्माचार्य र सचिव पदमा उर्गेन शाक्य तथा महेन्द्र थापाले उम्मेदवारी दर्ता गरेका छन्। कोषाध्यक्ष पदमा प्रविन पोखरेल र रुपेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। सदस्य उद्योगतर्फ राजु प्रधानको मात्रै उम्मेदवारी परेको छ। वस्तुगत सदस्यका तीन पदका लागि तुमराज लिम्बु, सफल राई र लिजा श्रेष्ठ उम्मेदवार बनेका छन्। महिला सदस्यका दुई पदमा प्रमिसा श्रेष्ठ (थापा) र गंगाकुमारी गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। सदस्यका पाँच पदका लागि भने १५ जनाले उम्मेदवारी दिएका छन्। सदस्य पदमा इश्वर घिमिरे, कृषलराज जोशी, खिरबहादुर कटुवाल, गोविन्द दाहाल, निरोज श्रेष्ठ, देवबहादुर विश्वकर्मा, देवेन्द्र प्रधान, भैरा राई, विपिन दाहाल, मुनादेवी पोख्रेल, सागर तामाङ, शिशिर श्रेष्ठ, शिवपुजन शाह, शोभा श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार विभिन्न पदमा परेको उम्मेदवारीका आधारमा अब निर्वाचन प्रक्रिया अघि बढाइनेछ। संघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ। निर्वाचन समितिमा विदुर खवास, खगेन्द्रप्रसाद घिमिरे, दिनेश पौडेल सदस्य तथा विकास प्रधान निर्वाचन आयुक्त रहेका छन्।