५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

Radio Khabar Palika

कृषि यान्त्रिकरणमा जोड दिदै १० औं अधिवेशन सुरु




५ असार ,धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं २ क्षेत्रमा यान्त्रिकिकरणलाई प्राथमिकिकरणमा राख्दै महालक्ष्मी नगरपालिका–२ को आर्थिक वर्ष २०८३/०८४ को १०औँ वडा सभा शुरु भएको छ।
वडा सभाले आगामी आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। वडा अध्यक्ष पदम रखाल मगरका अनुसार कुल बजेटमध्ये कृषि क्षेत्रलाई सबैभन्दा बढी २७ प्रतिशत बजेट छुट्याइएको छ। त्यसैगरी सामाजिक विकास क्षेत्रमा २५ प्रतिशत, भौतिक पूर्वाधार विकासमा २३.७५ प्रतिशत, संस्थागत विकासमा १५ प्रतिशत तथा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा ८.७५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
वडा अध्यक्ष मगरले स्थानीय आवश्यकता, कृषि उत्पादन वृद्धि, पूर्वाधार विकास, सामाजिक सेवा विस्तार तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर बजेट बाँडफाँट गरिएको जानकारी दिए ।सभाले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षका विकास प्राथमिकता निर्धारण गर्नेछ। विनियोजित कुल बजेटमध्ये ६० प्रतिशत रकम चालु खर्च र ४० प्रतिशत रकम पुँजीगत खर्चतर्फ छुट्याइएको जनाइएको छ।
नगरपालिकाका नगर प्रमुख ध्रुव रायको प्रमुख आतिथ्यतामा समन्न हुन गईरहेको वडा सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको छ।