धनकुटा। धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा सम्पन्न भएको बार्षिक योजना तथा कार्यक्रमहरुको प्रगती समिक्षा कार्यक्रम आयोजना गरेर वुधबार प्रतिवेदनहरु सार्वजानिक गरेको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा आ.व.०८०÷०८१ को बार्षिक प्रगती प्रतिवेदन सार्वजानिक गरिएको हो । प्रगती प्रतिवेदन सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका उप–प्रमुख एवं न्यायिक समितिका संयोजक भीमादेवी खनालले आ.व.०८०÷०८१ मा न्याकि समितिमा दर्ता भएको ८१ वटा विवादको प्रगती विवरण सार्वजानिक गरे । उनले दर्ता भएका विवादहरु मध्ये रित पुगेर दर्ता भएका ११ वटा, विवाद समाधन भएका ६ वटा, जिम्मेवारी सरी आएको ४ वटा, प्रक्रियामा रहेको ५ वटा र विवाद समाधन नभई अदालत गएको २ वटा रहेको बताईन ।
त्यसैगरी प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख सीताराम गौतमले आफ्नो शाखाबाट सम्पादन भएको योजना तथा कार्यक्रमहरुको समिक्षा कार्यक्रममा प्रगती प्रतिवेदन सुनाए । उनले जस अन्तर्गत विषयगत प्रतिवेदन सार्वजनिक गर्दै खेलकुद तर्फ उपभोक्ता समिति मार्फत सञ्चालन भएका कार्यक्रमहरु १२ वटा रहेको बताए । त्यसैगरी सडक स्तर उन्नतीका योजनाहरु ७१ वटा, संस्कृति प्रवद्र्धनका योजनाहरु २६ वटा र निर्माण व्यवसायी मार्फत सञ्चालनमा रहेका अन्य भौतिक पूर्वाधारका योजनाहरु २२ वटा सम्पन्न भएको शाखा प्रमुख गौतमले बताए ।
समिक्षा कार्यक्रममा शिक्षा, यूवा तथा खेलकुद विकास शाखाका प्रमुख नगेन्द्रमणि श्रेष्ठ, विपद तथा वातवरण शाखाका प्रमुख उपेन्द्र खनाल, आर्थिक प्रशासन तथा राजश्व शाखाको तर्फबाट लेखा अधिकृत नरवहादुर भूजेल, प्रशासन उप–शाखाको तर्फबाट डम्बर रोगु, जिन्सी खरिद तथा सम्पती व्यवस्थापन उपशाखाको तर्फबाट सर्मिला तामाङ, स्वास्थ्य तथा समाजिक विकास शाखाको तर्फबाट नुषराज श्रेष्ठ, शहरी पूर्वाधार विकास शाखाको तर्फबाट सव इन्जिनियर कुशल मिश्रले प्रगती प्रतिवेदन प्रश्तुत् गरेका थिए ।
त्यसैगरी राजश्व प्रशासन उपशाखाको तर्फबाट राजु गरागाँई, आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी, पशुपंक्षि विकास उप–शाखाकी सुमन्ता याङख्रुङ्ग, कृषि उप–शाखाकी आशाकुमारी मोक्तान, आप्रवाशन उप–शाखाकी मन्जु राई, आलेप इकाईका तिलविक्रम दाहाल, महिला बालबालिका तथा जेष्ठ नागरिक उप–शाखाकी फुलमाया तामाङ, भूमि व्यवस्थापन उप–शाखाका प्रमुख सर्भेक्षक कमल कार्की र नगर प्रहरी इकाईका प्रमुख रभि खत्रीले आ–आफ्नो शाखाको प्रगती प्रतिवेदन प्रश्तुत् गरेका थिए ।
समिक्षा कार्यक्रममा आर्थिक प्रशासन तथा राजश्व शाखाको तर्फबाट लेखा अधिकृत नरवहादुर भूजेलले संघ, प्रदेश र पालिकाको तर्फबाट समानिकरण अनुदान, राजश्व बाँडफाड र आन्तरिक स्रोत समावेश कुल वजेट ३० करोड, ३४ लाख मध्ये, चालु तर्फ ८७.२५ प्रतिसत, पुँजिगत तर्फ ७८.२५ प्रतिसत खर्च भई वित्तिय व्यवस्थापनमा १ सय प्रतिसत खर्च भएको प्रगती सुनाए । त्यसैगरी संघीय सरकारबाट हस्तान्तरित ४२ करोड, २८ लाख, ३३ हजार मध्ये चालु तर्फ ९२.५९ प्रतिसत, पुँजिगत तर्फ ८२.५८ प्रतिसत वित्तिय प्रगती हाशिल भएको छ । त्यसो त प्रदेस सरकारबाट हस्तान्तरित २ करोड, १८ लाख, ९५ हजार मध्ये चालु तर्फ ९९.८३ प्रतिसत र पुँजिगत तर्फ ९३.२२ प्रतिसत वित्तिय प्रगती हाशिल भएको छ । उनले सो कार्यक्रममा संचित कोष प्राप्ती र खर्च, राजश्व संकलनको अवस्था, क्षेत्रगत खर्चको विबरण, अन्तर सरकारी अख्तियारीबाट सम्पन्न भएको योजनाहरुको खर्च, समग्र नगरपालिकाको हालसम्मको बेरुजूको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
प्रगती समिक्षा कार्यक्रममा अनुपस्थित् वडा सचिवहरुलाई स्पष्टिकरण सोधिने ः
धनकुटा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रगती प्रतिवेदन प्रश्तुत् गर्ने विषयगत शाखा, उप–शाखा प्रमुखहरुलाई धन्यवाद् दिदै प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले भने–‘पालिका भित्र सुशासन कायम गर्न योजनाहरुको प्रभावकारी कार्यान्वयन, अनुगमन र नियमन नै मुख्य भएको बताए । शुरुमा ७६ जनाको उपस्थितिमा सम्पन्न प्रगती समिक्षा कार्यक्रममा विषयगत शाखा, उप–शाखाको गरी जम्मा २३ जनाले आ–आफ्नो शाखाको प्रगती प्रतिवेदन प्रश्तुत् गरेको प्रमुख प्रशासकिय अधिकृत राईले बताए ।
उनले प्रगती समिक्षा कार्यक्रममा सवै जनप्रतिनिधिहरुको उपस्थिति नरहेको भन्दै गुनासो पोखे । उनले प्रगती समिक्षा कार्यक्रममा धनकुटा नगरको १० वटै वडामा कार्यरत वडा सचिवहरुलाई प्रगती प्रतिवेदन प्रश्तुतीको लागि परिपत्र गरिएकोमा ३ वटा वडा कार्यालयको वडा सचिवहरु मात्र उपस्थित् भएको र बाँकी ७ वटा वडा कार्यालयका सचिवहरु अनुपस्थित् रहेकोले स्पष्टिकरण सोधिने बताए । चित्त वुझ्दो जवाफ नआए उनुपस्थित् वडा सचिवहरुलाई विभागिय कार्वाही समेत गर्ने चेतावनी प्रमुख प्रशासकिय अधिकृत राईले दिएका छन् । प्रगती समिक्षा कार्यक्रममा अधिकांश वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थिएन ।