२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

Radio Khabar Palika

धनकुटामा वन डढेलो नियन्त्रणका लागि ५ लाख बराबरका सामग्री सुरक्षा निकायलाई हस्तान्तरण



२४ चैत्र, धनकुटा । डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ।


जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का तथा डिभिजन वन कार्यालयका प्रमुख सञ्जीवराज ढकालले धनकुटाका तीनैवटा सुरक्षा निकायलाई विपत व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

प्रत्येक सुरक्षा निकायलाई हस्तान्तरण गरिएका सामग्रीहरूमा फायर स्वाटर १२ थान, रेक ९ थान, रेक हो ४ थान, एक्स हो २ थान, फायर बुट ४ जोडी, फेस मास्क ६ थान, हेल्मेट ६ थान, पञ्जा २४ जोडी, जम्प सुट ४ थान तथा ब्याकप्याक वाटर पम्प ४ थान हस्तान्तरण गरिएको हो । उक्त सामग्रीहरू डिभिजन वन कार्यालयले खरिद गरी विपद व्यवस्थापन समिति मार्फत हस्तान्तरण गरेको डिभिजन वन कार्यालय प्रमुख सञ्जीवराज ढकालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने यस्ता सामग्रीले आगलागी नियन्त्रण तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिइने जानकारी दिए । कार्यालयले करिव ५ लाख बराबरको सामाग्री खरिद गरेको जनाएको छ ।