
१८ पुस धनकुटा । धनकुटामा ब्लड बैंक स्थापनाका लागि सहयोगग जुट्न थालेको छ । सो क्रममा हालसम्म ७ लाख सहयोग जुटेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाले पत्रकार सम्मेलन गर्दै ब्लड बैंक स्थापनाका लागि हालसम्म ७ लाख १ हजार रुपैयाँ सहयोग संकलन भएको जानकारी दिएको हो । रेडक्रस धनकुटाले ब्लड बैंक स्थापनाका लागि सहयोग गरिदिन जिल्लाका स्थानीय तह, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संस्था र धनकुटावासीलाई आह्वान गरेको छ । ब्लड बैंक स्थापनाका लागि सहयोग गर्ने दाताहरूलाई रेडक्रस धनकुटाले धन्यवाद ज्ञापन गरेको छ ।
सो पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा विगठित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्यहरु निरन राई र इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, नेकपा एमालेका बलबहादुर राई, नेपाली कम्पुनिष्ट पार्टीका ओमप्रकाश निरौला, जनता समाजवादी पार्टी अर्जन थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा समाजसेवी द्रोण प्रसाद गुरागाईले ११ हजार ११ सय ११ रुपैया, विजय सन्तोषी राईले ११ हजार रुपैया , विदुर खवासले १० हजार रुपैया र अर्जुन थापाले १० हजार रुपैया दिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका सभापति छत्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।।







