३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

नेवारी समुदायले धुमधामसँग मनाए न्हू दयाँ भिन्तुना ( फोटो फिचर सहित)



धनकुटामा नेवारी समुदायले नेपाल सम्बत ११४५( न्हू दयाँ भिन्तुना)धुमधामसँग मनाएका छन । नेपाल सम्बतको स्वागतमा हिजो मोटरसाईकल भिन्तुना ¥यालि गरेका धनकुटा नेवारी समुदायले आज नयाँबर्ष उत्सब तथा भिन्तुना ¥यालि गरेका हुन ।

धनकुटा ७ श्रीवानि चोक स्थित शंकधर शाक्ख्वाको शालिकमा माल्यार्पण गरेर नयाँबर्ष उत्सब ¥यालि सुरु गरिएको थियो । ¥यालि बजारको श्रीवानि चोक, मदनचोक,परिचयमोड,भिमशेन थान , भिमनारायण चोक,माथिल्लो कोप्चे ,बिहिबारे हाट,तल्लो कोप्चे हुदै पुनः बिहिबारे हाटमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

नेवा पुःछ धनकुटाको संयोजन तथा माथिल्लो कोप्चे टोलबस्ति सस्थाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नेवारी तथा अन्य समुदायको मानिसहरुको सहभागिता रहेको थियो ।