२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025

Radio Khabar Palika

धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सब आयोजना हुने ।



१६ बैशाख , धनकुटा । धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सब हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाको आयोजनामा आगामी बैशाख २३ गते जेठ ५ गतेसम्म प्रदर्शनी तथा पर्यटन उत्सब हुन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । उत्सब धनकुटा नगरपालिका–५ स्थित तल्लो टुडीखेलमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीवितरणका सामन राखिने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेबहादुर श्रेष्ठले बताए ।प्रदर्शनीमा घरेलु उत्पादन, सांस्कृतिक र स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन्। प्रदेश सरकारले घोषणा गर्नेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरि प्रदर्शनी तथा उत्सव गर्न लागिएको मेला आयोजक समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए । हिमालको सान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मूल नारा सहित घरेलु उत्पादनको प्रबद्र्धन एवम पर्यटन तथा जातीय परिकार प्रवद्र्धनका लागि मोला आयोजना गर्न लागिएको संयोजक सन्तोषी राईले जानकारी दिए ।