२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

Radio Khabar Palika

तीन बर्षमा आधा मात्रै अस्पताल



देव याखा

बैशाख ९,चौबिसे धनकुटा । तीन बर्ष अघिबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा निर्माणाधिन १० शैयाको अस्पताल भवनको काम आधा मात्र सकिएको छ ।
बि.सं.२०७८ साल पुसमा सम्झौता भई २०८१ चैत्र सम्ममा निर्माण कार्य सक्नेगरी बिर्तामोडको एच.एस.निर्माण सेवाले ठेक्का पाएको थियो ।
नेपाल सरकार र पालिकाको १५ करोड नौ लाख २६ हजार लागत साझेदारीमा निर्माणाधिन भवनको ५० प्रतिशत काम पुरा भएको पालिकाका ईन्जिनियर सुशिल कुमार यादवले जानकारी दिए।
संघिय सरकारबाट आउने बजेट अभाव हुँदा भवन निर्माणको काममा ढिलाई भएको पालिकाका लेखा अधिकृत सोवित तुम्बाले जानकारी दिए ।
हाल सम्म निर्माण कम्पनीले करिव आठ करोड रकम भुक्तानी लगिसकेको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।