
३ फागुन २०८१,धनकुटा ।नेपाल शेर्पा विद्यार्र्थी संघ धनकुटाले ग्याल्पो ग्याल्पो लोसारको अवसरमा बिशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
फागुन १४ गते धनकुटाको सिंधुवा स्थित फुर्चिलिङ गुम्बामा कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष आङ छिरीङ शेर्पाले जानकारी दिए ।
शेर्पा जातिहरुको यस २१५२ औं सिङ मो डुल लो ग्याल्पो लोसार पर्ब सर्प बर्षको रुपमा मनाउन लागिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
लोसारको अवसरमा शुभकामना आदानप्रदान,शेर्पा समुदायको जीवनशैलीमा आधारित विभिन्न सांस्कृतिक नृत्य,विद्यार्थीहरुलाई सम्मान,चियापान समारोहको आयोजना गरिने शेर्पाले जानकारी दिए ।
यस सांस्कृतिक पर्वले शेर्पा समुदायको पुराना परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व र अर्थ पु¥याउन प्रयास गर्ने तथा सामाजिक सम्बन्धहरूको सुदृढीकरण गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए।