१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

Radio Khabar Palika

धनकुटाको महालक्ष्मी नगरपालिकामा लागूऔषध नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सम्पन




१७ भदौ ,धनकुटा । महालक्ष्मी नगरपालिकामा लागूऔषध नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा . महालक्ष्मी नगरपालिकाको समन्वयमा बुधबार महालक्ष्मी नगरपालिकाको सभाहलमा ‘लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रम’ आयोजना गरिएको हो।


कार्यक्रममा लागूऔषधको प्रयोगबाट व्यक्ति, परिवार तथा समाजमा पर्ने असर, यसको नियन्त्रणका उपाय तथा लागूऔषधजन्य गतिविधि न्यूनीकरणका लागि सरोकारवाला निकायबीचको समन्वयका विषयमा छलफल गरिएको थियो।


यसैगरी, जिल्ला प्रशासन कार्यालय धनकुटाकै आयोजनामा महालक्ष्मी नगरपालिकाको सभाहलमा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको छ। कार्यक्रममा स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाहका विषयमा नागरिकलाई सचेत गराउने उद्देश्य कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा ले जानकारी दिइन । महालक्ष्मी नगरपालिका का प्रमुख धुव्रराज राया को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।


कार्यक्रम मा बोल्दै प्रमुख रायाले लागूऔषध तथा अपराध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै समुदायस्तरमा निरन्तर सचेतना आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए। उनले
महालक्ष्मी नगरपालिकामा यस्ता कार्यक्रमले युवालाई लागूऔषधबाट जोगाउन,, अपराध न्यूनीकरण गर्न र स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।उपप्रमुख मञ्जु कुमारी कार्कीले स्थानीय तहमा शान्ति सुरक्षा अपराध नियन्त्रण कसरी गर्ने भन्ने विषय मा सरोकारवाला संग छलफल भएको हुँदा यसले अपराधिक गतिबिधी न्यूनीकरण मा सहयोग पुग्ने बताइन । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरीकलाई सचेत गर्नका लागि जिल्ला प्रशासन कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइ । कार्यक्रम मा लागु औषध नियन्त्रण सम्बन्धी जानकारी प्रहरी उपरीक्षक नारायण रञ्जीतकारले सहजीकरण गरेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयको गतिविधिको विषयमा प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी गराएका थिए ।