७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

Radio Khabar Palika

कविता कार्यक्रमको ६४ औं श्रृङ्खला तथा प्राज्ञ सदस्य परियारलाई ‘चियासँग कविता’द्वारा सम्मान



७ भदौ,धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रमको ६४ औं श्रृङ्खला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कविता कार्यक्रमको ६४ औं श्रृङ्खलाका अवसरमा प्राज्ञ सदस्य रोशन परियारको सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको ६४ औं श्रृङखलामा स्थापित सर्जकहरुले सिर्जना वाचन गरेका थिए । सो कार्यक्रममा घनश्याम बराल औलाली, प्राज्ञ रोशन परियार, टमकान्त लुइटेल, मनोज राई, निर्मला कुँवर, अनिल सुवेदी, रेखा क्षेत्री, चिनु काफ्ले, संगीता चापागाई, संयोग घिमिरे लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो भने ललित विश्वकर्मा र चन्द्रकला धमलाले गीत प्रस्तुत गरेका थिए ।

रेडियो धनकुटा एफएमका अध्यक्ष तथा चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीको सभापतित्वमा भएको चियासँग कविताको ६४ औं श्रृङ्खलामा जिल्ला समन्वय समितिका समन्वय प्रमुख निरेन तामाङले चियासँग कविताले धनकुटाको साहित्यीक विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको बताए। कार्यक्रम निरन्तर भइरहनु नै मुख्य भएको बताउँदै उहाँले धनकुटाका नयाँ र पुराना साहित्यकारहरुका लाथि चियासँग कविता साझा चौतारी बनेको बताए ।

सो कार्यक्रममा सहिदभुमी गाउँपालिकाका प्रमुख मनोज राई, पािख्रबास नगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष सोवित निरौला, छथर क्याम्पस तेह्रथुमका प्राध्यापक टमकान्त लुईटेल लगायतले चियासँग कविताले धनकुटाका सर्जकहरुलाई आफ्ना क्षमता देखाउने मञ्च प्रदान गरेको बताए ।

कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिए ।
सो कार्यक्रममा धनकुटाको पाख्रीबासका प्राज्ञा सदस्य रोशन परियार सम्मानित भए । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं। ४ मा जन्मिएर लामो समयदेखि नेपाली कविता तथा साहित्यको क्षेत्रमा सक्रिय कवि रोशन परियार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनित भएकोमा ‘चियासँग कविता’को ६४औँ शृङ्खलाका अवसरमा सम्मानित भएका हहुन । पाख्रीवास कला साहित्य समाजका संस्थापक अध्यक्षसमेत रहेका परियारलाई ‘चियासँग कविता’को ६५औँ शृङ्खलाका अवसरमा सम्मानपत्र प्रदान गरिएको हो । नेपाली साहित्य तथा कविता क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । रेडियो धनकुटा एफएमको आयोजनामा भएको ‘चियासँग कविता’को ६४औँ शृङ्खलाका अवसरमा कार्यक्रममा धनकुटाका कवि तथा साहित्यप्रेमीहरूको तर्फबाट परियारलाई सम्मान गरिएको हो । सम्मानपत्रमा पाख्रीवास कला साहित्य समाजको संस्थापक अध्यक्षका रूपमा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान तथा नेपाली कविता क्षेत्रमा निरन्तर साधनारत रहेको उल्लेख गरिएको छ । सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, सहिदभुमी गाउँपालिकाका प्रमुख मनोज राई र चियासँग कविताका संयोजक गोपाल बराइलीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।