२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

Radio Khabar Palika

धनकुटा नगरपालिका वडा नं ६ द्धारा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण



२ जेठ, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ को कार्यालयले वडा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा वडा कार्यालयले विद्यार्थीहरुलाई आवश्यक पोशाक हस्तान्तरण गरेको हो। कार्यक्रममा वडाध्यक्ष मिलन कुमार खडगी, वडा सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष खडगीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीहरुलाई विद्यालयप्रति आकर्षित गर्न वडा कार्यालयले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग जारी रहने उल्लेख गरे। विद्यालय प्रशासनले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरुको मनोबल बढ्ने विश्वास व्यक्त गरेको छ। पोशाक वितरणपछि विद्यार्थीहरु उत्साहित देखिएका थिए।