
४ बैशाख, धनकुटा । नयाँ वर्षको अवसर पारेर धनकुटामा टिभिएस ‘स्मार्ट एक्सचेञ्ज महाअफर’ सुरु गरिएको छ। धनकुटास्थित दिप टेर्डस र नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको संयुक्त आयोजनामा उक्त अफर सञ्चालनमा आएको हो।

धनकुटा ७ बसपार्क क्षेत्रमा सुरु गरिएको एक्सचेञ्ज अफर बैशाख ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। अफर अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर टिभिएस ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। साथै आकर्षक छुट र सरल फाइनान्स सुविधा समेत उपलब्ध रहेको बताइएको छ। धनकुटामा ग्राहकको उच्च मागलाई मध्यनजर गर्दै यो योजना ल्याइएको आयोजकको भनाइ छ। अफर अन्तर्गत हरेक मोटरसाइकल खरिदमा ६ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्क्र्याच कुपन, दैनिक दुई जनालाई लक्की ड्रमार्फत पुरस्कार तथा टिभिएसका जुनसुकै सवारी साधन खरिदमा लाइफटाइम वारेन्टी प्रदान गरिने जनाइएको छ। त्यसैगरी, जुनसुकै कम्पनीका पुराना सवारी साधन ल्याए पनि उचित तथा सर्वाधिक मूल्याङ्कन गरिने कम्पनीले जनाएको छ।
