५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

Radio Khabar Palika

धनकुटामा ‘ग्लोबल मनी वीक’को अवसरमा प्रभातफेरीको आयोजना(फोटो फिचर)




५ फागुन, धनकुटा । माछापुछ्रे बैंक धनकुटा शाखाको पहलमा धनकुटा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त आयोजनामा ग्लोबल मनी वीक’को अवसरमा प्रभातफेरी आयोजना गरिएको छ ।


वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन उक्त प्रभात फेरि धनकुटाको बसपार्कबाट सुरु भएर मदनचोक , हुलाकटोल, परिचय मोड भीमसेनथान बीज बजार हुँदै भिमनारायण चोकमा गएर सकिएको थियो। धनकुटा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न वित्तीय साक्षरताका लागि विभिन्न प्लेकार्ड तथा ब्यानर हरू बोकेर प्रभात फेरि गरिएको माछापुछ्रे बैंक धनकुटा शाखा प्रमुख होमराज अधिकारीले जानकारी दिए।