२० भदौ २०८३, शनिबार | Sun Sep 6 2026

Radio Khabar Palika

एमाले धनकुटाका सचिवालय सदस्य नेम्वाङको राजीनामा



४ चैत्र,धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य चन्द्रसिंह नेम्वाङले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट राजीनामा दिएका छन्।

नेम्वाङले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै व्यक्तिगत विचारधाराका कारण पार्टीमा रहन नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनले आफ्नो राजीनामा चैत ३ गतेदेखि लागू हुने गरी दिएको बताएका छन्। साँगुरीगढी गाउँपालिका–४, फाक्सिव निवासी नेम्वाङ एमाले धनकुटा जिल्ला सचिवालय सदस्यको जिम्मेवारीमा सक्रिय थिए। उनले निकट भविष्यमा विचार मिल्ने अन्य राजनीतिक दलमा आबद्ध हुने संकेत पनि दिएका छन्।