१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

Radio Khabar Palika

धनकुटामा सात उम्मेदवारले कटाउन सकेनन् सय मत



२५ फागुन, धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका केही उम्मेदवारले सय मतसमेत कटाउन सकेनन्। दल र स्वतन्त्र गरी ७ उम्मेदवारले एक सय मत कटाएका छैनन ।
जसमध्ये सबैभन्दा कम मत नेपाल मजदुर किसान पार्टीका उम्मेदवार उत्तम शाखाकर्मीले पाए। उनले जिल्लाभरबाट जम्मा २२ मत प्राप्त गरे। मंगोल नेशनल अर्गनाइजेसनका सागर राईले ८२ मत ल्याउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५ मत प्राप्त गरे। त्यस्तै आम जनता पार्टीका प्रेमबहादुर थापाले ५५ मत पाए। स्वतन्त्र उम्मेदवारमध्ये जितेन्द्र राईले ९१ मत र मनकुमार योन्जनले ५६ मत मात्र प्राप्त गरेका छन्। धनकुटामा यसपटक विभिन्न दलका १४ र स्वतन्त्र ३ गरी कुल १७ उम्मेदवार चुनावी मैदानमा थिए।