टीकाराम लिंखा
उपप्राध्यापक, त्रि.वि.वि. भूगोल

बिषय प्रवेश
मानिस स्वभावैले गतिशिल हुन्छन् र यही गतिशिलताले मानिसहरु एकठाउँमा मात्रै बसिरहन सक्दैनन् । प्रत्येक मानिसहरुका आ आफ्नै विभिन्न प्रकारका लक्ष्य, उदेश्यहरु रहेका हुन्छन् र ति लक्ष्य उदेश्यहरु पुरा गर्ने प्रयोजनका लागी मानिसहरु एकस्थानबाट अर्को स्थानमा जाने आउने गरिरहन्छन् । यसरी कुनैपनि मानिसहरु एक स्थानबाट अर्को स्थानमा आउने जाने प्रक्रिया प्राचिन समयदेखी वर्तमान सम्म चलिरहेको छ । वर्तमानको आधुनिक कालमा त झन् मानवीय गतिशिलता अझै बढेको छ । यसरी मानिसहरु एउटै देशको कुनै एक ठाउँबाट अर्को ठाउँ र एकदेशबाट अर्को देशमा भ्रमण गर्ने गर्दछन् । यसरी भ्रमण गर्ने व्यक्तिलाई पर्यटक (Tourist) भनिन्छ भने यससँग सम्बन्धित कार्य तथा व्यापारलाई पर्यटन (Tourism) भनिन्छ (राई, २०६९) । खासगरी आनन्द र मनोरञ्जनको लागि विभिन्न स्थानहरुको यात्रा गर्नुलाई भ्रमण (Tour) को रुपमा लिईन्छ । यो भ्रमण (Tour) शब्द ल्याटिन भाषाको (Tournus) बाट आएको हो जसको अर्थ त्यस्तो सामाग्री/उपकरण जसले वृत्तकार बनाउदछ (A tool for making a circle) भन्ने हुन्छ अर्थात एकठाउँबाट शुरुभई पुन सोही ठाउँमा पुगेर समाप्त हुन्छ भन्ने हो । यसरी जुन स्थानबाट यात्राको शुरुवात गरिन्छ, केही समयको आनन्द र मनोरञ्जन लिईसकेपछी पुन पहिलेकै स्थानमा पुगेर टुंगिने यात्रा नै पर्यटन हो (लिंखा, २०७४) । यसैगरी भाटिया (१९९७) का अनुसार पर्यटनलाई बुझाउने अंग्रजी शब्द ‘Tourism’ को १९ औं शताब्दीमा मात्रै विकसित भएको हो र फ्रान्सेली शब्द ‘Toursme’ बाट अंग्रेजीमा Tourism भन्ने शब्दले व्यापकता पाएको हो । संयुक्त राष्ट्रसंघिय विश्व पर्यटन संगठन (UNWTO), २०१९ ले आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै कुनै उदेश्यले चौविस घण्टाभन्दा बढी समय र लगातारको एकबर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटन भनिन्छ भने यस्ता पर्यटकहरुलाई घुमाउने, आवासको व्यवस्था गर्ने, यातायातको व्यवस्था मिलाउने, दृश्यावलोकन आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ भनि उल्लेख गरेको छ । यि केही विद्धानहरुको परिभाषालाई नियाल्दा सङ्क्षेपमा पर्यटन भन्नाले आनन्द, मनोरञ्जन, ज्ञानप्राप्ति, धार्मिक आदि उदेश्यले आफ्ना नियमित बासस्थानभन्दा बाहिर गरिने निश्चित समय अवधीको यात्रा र गतिविधी भन्ने बुझिन्छ जसले आर्थिक सामाजिक सांस्कृतिक वातावरणिय पक्षहरुलाई प्रभावित पारेको हुन्छ ।
पर्यटनले मानिसहरुलाई आनन्द र मनोरञ्जनमात्रै होईन नयाँ कुराको अनुभव र जानकारी (सिकाई) समेत गराउँदछ । त्यसैले पर्यटन मानवका लागि अनन्त यात्रा हो, जसको कहिल्यै अन्त्य हुँदैन । २१ औ शताब्दिको मानिसहरुका लागि त यो विकल्परहित बाँच्ने र रमाउने आधार बन्दै गएको छ । सूचना, संचार, यातायात र प्रविधिको विकासले वर्तमान युगमा पर्यटनलाई अझ व्यापक एवं बृहत् बनाएको छ । आज पर्यटन उद्योगलाइ तेल पछाडीको दोस्रो ठूलो उद्योगको रुपमा लिइन्छ ।
अनुपम साँस्कृतिक तथा प्राकृतिक तथा प्राकृतिक सम्पदाको धनी देश नेपाल पर्यटनका लागि प्रसस्त संभावना भएको मूलुकका रुपमा प�

