
पुस १० धनकुटा । निर्माण व्यवसायी संघ धनकुटाका सदस्य विजय श्रेष्ठका छोरा दाँतको क्यान्सरबाट पीडित छन । उनको हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार भइएरहेको परिवारले जनाएको । उपचार प्रक्रिया लामो तथा खर्चिलो हुने भएकाले परिवार गम्भीर आर्थिक समस्यामा परेको निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकास थुलङले जानकारी दिए । छोराको ज्यान बचाउनका लागि विजय श्रेष्ठले सबै सम्भावित प्रयास गरिरहेको भए पनि हालको आर्थिक अवस्थाले उपचार खर्च धान्न अत्यन्त कठिन भएको भन्दै सहयोगको अपिल गरेको अध्यक्ष थुलुङले जानकारी दिए । विजय श्रेष्ठले छोराको जीवन रक्षाका लागि संघ–संस्था, व्यवसायी, तथा आम नागरिकहरूलाई स्वेच्छिक आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेका छन ।






