
४ साउन २०८२,धनकुटा । धनकुटाको देउराली युथ क्लबले अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा हुन गईरहेको एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागी जनाउने भएको छ । आज धनकुटामा पत्रकार सम्मेलन गर्दै क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागिता जनाउनका लागि तयारी थालिएको जनाएको हो ।कोशी प्रदेश स्तरीय प्रिमियर लिगको उपविजेता समेत रहेको देउराली क्लबले उक्त प्रतियोगीतामा सहभागीता जनाउने अबसर पाएसगै तयारी तृव बनाएको जनाएको छ । उक्त लिगमा देउराली क्लब धनकुटा सहित ७ प्रेशका १० वटा टिमको सहभागिता रहने छ ।

सहभागी टीमहरु देउराली क्लब धनकुटा, गाइघाट फुटवल क्लब उदयपुर, नवजाग्रीती क्लब बारा,चितलाङ फुटवल क्लब काठमाण्डौ, टाईगर्स टिम टिकाथातल दोलखा, जनजाग्रीती युवा क्लब बर्दिया,काक्रेविहार युथ क्लब सुर्खेत, विजय स्पोर्टस् क्लब गण्डकी, गण्डकी प्रदेश लिग च्याम्पियन क्लब,प्रोग्रेशिव युथ क्लब मधेस प्रदेश र गण्डकी प्रदेश उपविजेता टिमको सहभागिता रहने छ । उक्त लिगमा टप फोरमा पुग्ने टिमले राष्ट्रिय लिगमा सहभागिता जनाउन पाउने भएको हुदा टीम बलियो बनाउन लागि परेको देउराली क्लबका कोषाध्यक्ष आषिस राईले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउनका लागि २० लाख रुपैया भन्दा बढि खर्च हुने उहाँले बताउनुभयो । धनकुटाको फुटबल क्लबहरुले पहिलो पटक यो अबसर पाएको हुदा सबैको साथ सहयोगको अपेक्षा क्लबले गरेको कोषाध्यक्ष राईले बताउनुभयो । पछिल्लो समयमा धनकुटामा खेलकुद गतिविधिमा लगानी कम हुदै गएको बताउदै कोषाध्यक्ष राईले खेलकुदलाई माया गर्दै लगानी बढाउन सबै सरोकारवलाहरुलाई आग्रह गर्नुभयो । उक्त प्रतियोगीताको विजेताले दश लाख रुपैया र उपविजेताले ५ लाख रुपैया प्रात्त गर्ने जनाइएको छ ।
