
१ असार ,धनकुटा । लोकसेवा आयोग धनकुटाले ७५ औं बार्षिकोत्सव तथा हीरक जयन्तीका अवसरमा माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा आईतवार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मा.वि. धनकुटा.५ टुडिखेलले प्रथम स्थान प्राप्त गरेको छ । त्यसैगरी जनकल्याण मा.वि.ले दोस्रो स्थान प्राप्त गरेको छ भने गोकुण्डेश्वर मा.वि.धनकुटा ६ सिरान बजारले तृतीय स्थान हासिल गरेको थियो। प्रतियोगितामा भाषामा र त्रिवेणी मा.वि. धनकुटा ७ चुलीवनले भने सान्तवना पुरुस्कार प्राप्त गरेका छन ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी मेडल, प्रमाणपत्र तथा नगद पुरु प्रदान गरिएको थियो । सहभागी विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र र सान्त्वना पुरुस्कार प्रदान गरिएको थियो । प्रतियोगतामा धनकुटा नगरपालिका भित्रका विद्यालयहरुले भाग लिएका थिए । विजयी विद्यालयका छात्र, छात्राहरुलाई आयोजित कार्यक्रममा लोकसेवा आयोग धनकुटा कार्यालयका कार्यालय प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु र लोक सेवा आयोग धनकुटाका कर्मचारीहरुको उपस्थिति व्हेको थियो। यसैगरी आयोगको ७५ औं वार्षिकोत्सव एवम् हीरक जयन्तीका अवसरमा लोकसेवा आयोग धनकुटा कार्यालयको परिसरमा वृक्षारोपण समेत गरिएको वियो ।