२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025

Radio Khabar Palika

सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिद्वारा प्रशासन र दुई पालिकालाई ज्ञापन पत्र





वैशाख २४ धनकुटा ।
सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटा,सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई कोशी उच्च बाँध निर्माण योजना खाारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएकाे छ ।
समितिले शहिदभूमि गाउँपालिका , प्रशासन कार्यालय र साँगुरीगढी गाउँपालिका कार्यालयलाई उच्च बाँध निर्माण योजना खाारेजीको माग सहित ज्ञापन पत्र बुझाइएकाे संघर्ष समितिका अध्यक्ष असिम राईले बताए ।
ज्ञापन पत्रमा भनिएको छ नेपालको समृद्धि र विकास अत्यावश्यक भए पनि, त्यसको मूल्यमा स्थानीय जनताको जीवन, संस्कृति र अस्तित्वको बलिदान स्वीकार्य छैन । कोशी उच्च बाँधजस्तो एकपक्षीय परियोजनाले हाम्रो पुख्यौली भूमि, प्राकृतिक स्रोत, सामाजिक संरचना र सांस्कृतिक पहिचानलाई स्थायी डुबानमा पार्ने गम्भीर खतरा निम्त्याएको छ। यस अन्याय र सम्भावित विनाशको विरुद्ध, हामीले कोशी उच्च बाँध विरुद्ध संघर्ष समिति गठन गर्दै संगठित, शान्तिपूर्ण र बौद्धिक आन्दोलनको घोषणा गरेका छौं ।सप्तकोशी उच्च बाँधले भौगोलिक विनास, सांस्कृतिक विनाश,प्राकृतिक विनाश, सामाजिक अन्याय लगायतका प्रभावित समुदायको पूर्वसहमति विना परियोजना अघि बढाइनु लोकतान्त्रिक मूल्य र मानव अधिकारको स्पष्ट उल्लङ्घन हो भनेर ज्ञापन पत्रमा भनिएको छ ।

यसपछि डुबान क्षेत्रका जिल्ला जिल्लाका माननीय
संघीय संसदहरु समेतलाई ज्ञापन पत्र बुझाइने संघर्ष समिति अध्यक्ष राईले बताए ।