
११ बैशाख,धनकुटा । धनकुटाको छथर जोरपाटी गाउापालिकाले चालु आर्थिक बर्ष २०८१।०८२ को दोस्रो चौमासिकमा सम्पन्न कार्यक्रम, बजेट, खर्चको बिवरण र उपलब्धी सार्वजनिक गरेको छ । छथरजोरपाटी गाउँपालिकाको हात्तिखर्कमा सार्वजनिक सुनुवाइ गरेर चालु आर्थिक बर्षको दोस्रो चौमासिकमा गाउँपालिकाले प्रदान गरेका सेवा, आम्दानी, खर्च, संचालित आयोजनाको प्रगती तथा प्रभावकारीताका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको हो ।

चालु आर्थिक बर्ष २०८१।०८२ का लागि ४७ करोड रुपैयाा बिनियोजन भएको छथरजोरपाटी गाउँपालिकाले दोस्रो चौमासिक सम्ममा भौतिक प्रगती ६० तथा ४६ प्रतिशत वित्तिय प्रगतीको विवरण सार्वजनिक गरेको छ । कार्यक्रमका सहभागिले खानेपानी, बिजुली, सरकारी स्वास्थ्य केन्द्रमा निशुल्क औषधी, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वयको अभावमा सेवाग्राहिले खेप्नु परेका समस्याका बारेमा गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।

यस्तै उनिहरुले छथरजोरपाटी गाउँपालिकामा संचालन हुने कार्यक्रम, बजेट, खर्चको अबस्था र प्रगती हरेक तीन महिनामा सार्वजनिक गर्न माग गरेका छन् । छथरजोरपाटी गाउापालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा र प्रमुख प्रसाशकीय अधिकृत महेन्द्र बहादुर घिमिरेले सेवा प्रवाह, योजना, बजेट, कार्यक्रम तथा कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धी, सार्वजनिक कोषको परिचालन र प्राप्त नतिजाका बारेमा उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा योजना शाखा प्रमुख बिमल श्रेष्ठले गाउँपालिकामा संचालित योजना, बित्तिय र भौतिक प्रगतीको विबरण सार्वजनिक गरेका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीयतहले गरेका कामको पारदर्शीताका लागि हरेक चार महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने ब्यबस्था गरेको छ । कार्यक्रमको सहजीकरण खबरपालिका मिडिया नेटवर्क धनकुटाले गरेको थियो ।
