२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

Radio Khabar Palika

सर्मिला राईको नेतृत्वमा सञ्चारिका समुह धनकुटा गठन



१९,फागुन, धनकुटा । सञ्चारिका समुह धनकुटाको पहिलो अधिवेशनले सर्मिला राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समुहको सोमवार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समुहको उपाध्यक्षमा निर्मला कँुवर, द्वय सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिव बालकुमारी थापा तथा कोषध्यक्षमा षष्टिका राई चुनिएका छन् ।


यसैगरी, सदस्यहरु तुलसा पौडेल, सिर्जना खुलाल, पञ्चमाया तामाङ, उपासी ताजपुरिया, विन कार्की, धनकुमारी राई, मौसमी लिम्बू रहेका छन् । अधिवेशन उद्घाटनमा संविधानसभा सदस्य लीला सुब्बा, अग्रज पत्रकार सञ्जयसन्तोषी राई, रमेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष विदुर खवास, फोनिज प्रदेश निवतृमान अध्यक्ष सन्तबीर लामा, पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सरिता बराईली र गोपाल बराईली, प्रेस युनियन अध्यक्ष विनोद घिमिर , प्रेस चौतारी अध्यक्ष नारायणकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।