६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडीको राजनीति गरे ः वामदेव गौतम



२० माघ २०८१,काठमाण्डौ । कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेको राष्ट्रियसभा सदस्य बामदेव गौतमले टिप्पणी गरेका छन ।
आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले मिलेर चूनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन । उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे । हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ । गौतमले अहिले अध्यादेश नै राजनीतिक माहोल बनेको तर आफु अध्यादेशको पक्ष वा बिपक्षमा नरहेको जिकिर गरे । अध्यादेश जारी गर्दा बिपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनको भनाई छ । गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे ।