६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

धनकुटाका ६ हजार ९सय जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी खोप दिईने ।



राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पी.भी खोप अभियान २०८१ सम्बन्धी धनकुटामा सञ्चारकर्मी र सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला खोप समन्वय समिति धनकुटाद्धारा आयोजित कार्यक्रममा राष्ट्रिय खोप अभियानको महत्व, एच.पी.भी खोपको प्रभावकारिता तथा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपायबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले खोप अभियानलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको हुदाँ समुदायस्तरमा सचेतना फैलाउन सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन । सरकारले माघ २२ गतेदेखि देशभर कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका किश्वरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी खोप लगाउने जनाएको छ । त्यस्तै धनकुटाका ६ हजार ८ सय ७२ जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी खोप लगाइने भएको छ ।

यहि माघ २२ गतेदेखि २७ गते सम्म जिल्लाका सात वटै पालिकाममा एच.पि.भी खोप लगाइने स्वाथ्य कार्यलय धनकुटाकी जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले जानकारी दिनु भयो । कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समितिकी उपाध्यक्ष एवं जिल्ला समन्वय समितीका उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोहन राई, गैरसरकारी संस्थाका प्रतिनिधिहरू,संचारकर्मीहरु तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उमेर र स्वाथ्यका कारण अवकास लिएका महिला स्वाथ्य स्वयम सेविका लाई नगद सम्मान तथा उत्कृष्ट कार्य गर्ने महिला स्वयम सेविका लाई पुरस्कृत समेत गरिएको थियो ।